विजय लघुवित्तको एफपिओ मंगलवार बाँडफाँट हुने
वि.सं.२०८२ माघ ४ आइतवार १५:४३
shares

काठमाडौं, ४ माघ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँट मंगलबार हुने भएको छ। सार्वजनिक बिदा धेरै परेका कारण बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बाँडफाँट प्रक्रियामा केही ढिलाइ गरेको हो।
एफपिओमा अन्तिम दिनसम्म २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका छन्। सिडिएसका अनुसार कुल २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबरको २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको छ।
बाँडफाँटका क्रममा ४६ हजार ७८१ जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। तीमध्ये ७ जनाले थप १–१ कित्ता गरी ११ कित्ता शेयर पाउनेछन्। बाँकी करिब साढे २२ लाख आवेदकको हात रित्तो हुने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्कासन गरेको थियो।















