Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, २७०० माथि उक्लियो नेप्से

3.38K
shares

काठमाडौं, ६ माघ । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४२.२७ अंकले बढेर २७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ८५ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा गोखार्ज फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी १०.७५ प्रतिशत एसबिएल ऋणपत्र २०८९का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।