एनआरएन इन्फ्रास्ट्रक्चरले शेयर बिक्री गर्ने
वि.सं.२०८२ माघ १२ सोमवार ११:५२
2.81K
shares
shares

काठमाडौं, १२ माघ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेयर बिक्री गर्ने निर्णय गरेको छ । आफ्ना स्वामित्वमा रहेका हिमालयन पावर पार्टनर लिमिटेडका ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको हो ।
कम्पनीले यो निर्णय माघ १० र ११ गते सम्पन्न सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस र माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औँ बैठकको निर्णय अनुसार लिएको हो ।















