उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ माघ १३ मंगलवार १५:२०
shares

काठमाडौं, १३ माघ । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४२.५८ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब १६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन् ।

















