Dhulikhel Eco Banner new

शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.39K
shares

काठमाडौं, १३ माघ । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४२.५८ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब १६ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन ट्रेड टावरका लगानीकर्ताले ६.६६ प्रतिशतका दरले गुमाएका छन् भने झापा इनर्जीका लगानीकर्ताले ६.२५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ५.९४ प्रतिशतका दरले गुमाएका छन् भने माउन्टेन हाइड्रोका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले गुमाएका छन् ।