Dhulikhel Eco Banner new

बुधवार सुनचाँदीको मूल्य आकाशियो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

5.4K
shares

काठमाडौं, १४ माघ । स्थानीय बजारमा बुधवार सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।

मंगलवार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार बढेर प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेर उच्च विन्दुमा पुगेको छ। चाँदीको मूल्य प्रतितोला ४३० रुपैयाँले वृद्धि भई बुधवार ७ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।