शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ माघ १४ बुधवार १५:२९
shares

काठमाडौं, १४ माघ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.३८ अंकले बढेर २७३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ४९ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन नारायणी विकास बैंकका लगानीकर्ताले ४.६० प्रतिशतका दरले कमाएका छन् भने आरबिबि फोकस–४० का लगानीकर्ताले ३.७४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, हिमालयन पावरका लगानीकर्ताले २.६६ प्रतिशतका दरले गुमाएका छन् भने अपर स्याङगे हाइड्रोपावरका लगानीकर्ताले २.६० प्रतिशतका दरले गुमाएका छन् ।















