राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब ७७ करोड ५ लाख खुद नाफा
वि.सं.२०८२ माघ १५ बिहीवार ११:२९
shares

काठमाडौं, १५ माघ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा १३२ प्रतिशत बढि हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ७६ करोड ३० लाख ३३ हजार रुपैयाँमा सीमित भएको थियो ।
बैंकको खुद ब्याज आम्दानी समेत ३८.४९ प्रतिशतले बढेर ६ अर्ब १० करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा १ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोहि अवधिसम्म आइपुग्दा १३२ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको घटेर ४.३६ प्रतिशत पुगेको हो ।
बैंकको चुक्तापूँजी १५ अर्ब ६३ करोड, जगेडा कोषमा १ अर्ब २४ करोड सञ्चिति रहेको छ । १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा २४ करोड १८ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ ।



















