Dhulikhel Eco Banner new

दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड, नबिल बैंक पहिलो नम्बरमा

3.02K
shares

काठमाडौं, १५ माघ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्ममा कुल ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए।

सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ। बैंकले ६ महिनाको अवधिमा आफ्नो नाफा ४६.७१ प्रतिशतले वृद्धि गरेर ४ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ। दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको नाफा ६.५० प्रतिशतले वृद्धि भई ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रुपैयाँ थियो।

कुमारी बैंकको नाफामा उल्लेखनीय उछाल आएको छ। बैंकको नाफा गत वर्षको २७ करोड ५७ लाखबाट ८८६ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

दोस्रो त्रैमाससम्म एभरेष्ट बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइम बैंकको नाफा ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड र राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड पुगेको छ। एनएमबि बैंकको नाफा १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड पुगेको छ।

पुष मसान्तसम्म सानिमा बैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड पुगेको छ। हिमालयन बैंकको नाफा १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकको नाफा १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, प्रभु बैंकको नाफा २४ प्रतिशतले घटेर १ अर्ब १ करोड र माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले बढेर १ अर्ब १ करोड पुगेको छ।

कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन बैंकको ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको नाफा १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख पुगेको छ।

लक्ष्मी सनराइज बैंकको नाफा ऋणात्मक रहेको छ। बैंकले ६ महिनाको अवधिमा २७ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

समग्रमा वाणिज्य बैंकहरूले आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको तुलनामा राम्रो नाफा आर्जन गरेका छन्। तर केही बैंकमा नाफामा गिरावट र ऋणात्मक नाफा कायम रहेको छ