Dhulikhel Eco Banner new

सिटिजन्सको बैंक स्तन र प्रोस्टेट क्यान्सर सचेतना वेबिनार आयोजना 

1.98K
shares

काठमाडौं, १५ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक वेबिनार आयोजना गरेको छ।

यस पहलको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी सही जानकारी उपलब्ध गराउनु, आम भ्रम हटाउनु र समयमै परीक्षण, रोकथाम तथा चिकित्सकीय परामर्शको महत्वबारे कर्मचारीहरूमा सचेतना फैलाउनु रहेको छ। कार्यक्रम मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव, भारतसँगको सहकार्यमा सञ्चालन गरिएको थियो । जसले यसलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको बैंकले जनाएको छ।

कार्यक्रम अन्तर्गत माघ १३, २०८२ (मंगलबार) महिला कर्मचारीहरूका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार आयोजना गरिएको थियो। वरिष्ठ निर्देशक डा. कञ्चन कौरले सत्रको सहजीकरण गरेकी थिइन्। उक्त वेबिनारमा ५१३ जना महिला कर्मचारीहरूले सहभागिता जनाएका थिए।

त्यसैगरी माघ १४, २०८२ (बुधबार) पुरुष कर्मचारीहरूका लागि ३० वर्ष वा सोभन्दा माथि उमेरका लागि “प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ” विषयक सत्र सञ्चालन गरिएको थियो। यसमा वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले सत्रको सहजीकरण गर्नुभएको थियो र ५०९ जना कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए।

बैंकका अनुसार दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा राखिएको छ। साथै बैंकले ग्राहक र सम्बन्धित निकायका लागि पनि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

सिटिजन्स बैंकका कार्डधारक ग्राहकहरूले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट पाउने सुविधा पनि प्रदान गरिएको छ।

बैंकका अनुसार, यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा आएको छ। हालै नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र एकीकृत अनलाइन प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा” पनि सुरु गरिएको छ। फ्रिलान्सरहरूका लागि विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” समेत उपलब्ध छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए।टि।एम।, ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ ईकाइमार्फत १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।