नेपालभर भव्य रूपमा सम्पन्न भयो अष्ट्रेलयन एजुकेशन फेयर २०२६
वि.सं.२०८२ माघ १६ शुक्रवार १८:०७
shares

काठमाडौं, १६ माघ । ग्लोबल एजुकेशन सभसेस प्राली (ग्लोबल रीच) द्वारा आयोजित अष्ट्रेलयन एजुकेशन फेयर-२०२६ देशभरका प्रमुख शहरहरूमा भव्यताका साथ सम्पन्न भएको छ। गत माघ ९ गते काठमाडौंको होटलर् याडिसनबाट सुरु भएको यो सफल यात्रा पोखरा, चीतवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै आज ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ।
पाँचवटै स्थानमा विद्यार्थी र अभिभावकहरूको अभूतपूर्व र उत्साहजनक उपस्थितले यस मेलालाई नेपालकै ठूला र प्रभावकारी शैक्षक कायक्रमहरूमध्ये एकको रूपमा स्थापित गरिदिएको छ। यस मेलाले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलयाका ३० भन्दा बढी प्रतिष्ठत विश्वविद्यालय र शैक्षक संस्थाहरूका प्रतीनिधहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न एक महत्त्वपूर्ण अवसर प्रदान गर्यो।
सहभागीहरूले आफ्नो रुची र करियरको लक्ष्य अनुसार ३ हजारभन्दा बढी बिभिन्न कोषहरूको बारेमा वस्तृत जानकारी प्राप्त गरे। मेला केवल सूचना लने माध्यम मात्र नभई, विद्याथीहरूका लागि भिसा प्रकृया, अष्ट्रेलियाको पछल्लो शिक्षा नीति र भवष्यमा पाइने रोजगारीका अवसरहरूका बारेमा विज्ञहरूबाट प्रत्यक्ष परामर्श लिने एक साझा थलो समेत बन्यो, जसले उनीहरूको विदेश पलायनको अन्योलतालाई चुन्न मद्दत पुर्याएको छ।
मेलाको एक विशेष पक्ष भनेको जेहेन्दार विद्याथहरूका लागी १० देखी १०० प्रतिशतसम्मको छात्रवृत्ति प्राप्त गर्न सुनौलो अवसर र त्यसको सही मार्गदर्शन थियो। विगत ३५ वर्षदेखि निरन्तर गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको ग्लोबल रीचले यस मेला मार्फत देशभरका विद्यार्थीहरूको घरदैलोमै पुगेर अन्तराष्ट्रिय शिक्षाको ढोका खोल्न सफल भएको छ।
मेला औपचारीक रूपमा समापन भए तापनि, सहभागी विद्दार्थीका लागि आगामी भर्ना प्रक्रीया र भिसा आवेदनमा थप सहयोग पुर्याउन ग्लोबल रीचका सबै शाखाहरू निरन्तर क्रियाशिल रहनेछन ।

















