सूर्यज्योति लाइफ इन्स्योरेन्सले कमायो २० करोड १८ लाख खुद नाफा
वि.सं.२०८२ माघ २१ बुधवार १०:०९
shares

काठमाडौं, २१ माघ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा २.९२ प्रतिशत बढि हो । गत आर्थिक वर्षको दोस्रौ त्रैमास अर्थात साउनदेखि पुस मसान्तसम्म १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ९८ करोड १६ लाख रुपैयाँबाट १४.६३ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड २ लाख रुपैयाँभन्दा माथि पुगेको छ। त्यस्तै कम्पनीको कुल आम्दानी ७ अर्ब रुपैयाँबाट बढेर ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ६ अर्ब ६४ करोड ९ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ नाघेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीले आफ्ना अभिकर्ताहरूलाई दिएको कमिसन बापतको रकम पनि ४४ करोड १८ लाख रुपैयाँबाट बढेर ४९ करोड १६ लाख रुपैयाँ नाघेको छ भने जीवन बीमाकोषको आकार पनि ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँबाट बढेर ४६ अर्ब १७ करोड १० लाख रुपैयाँभन्दा माथि पुगेको छ।
त्यस्तै समीक्षा अवधिमै कम्पनीको प्रतिशेयर आम्दानी ७.८३ रुपैयाँबाट बढेर ८.०६ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ। चालू आर्थिक वर्षको ६ महीनासम्म कम्पनीले बीमा पोलिसी रिन्यू गरी ४ अर्ब २२ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ।
चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, जगेडा कोषमा ४५ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन रेशियो १.६५ प्रतिशत रहेको छ।



















