Dhulikhel Eco Banner new

उद्योगहरू देशको मेरुदण्ड होः बालेन शाह

3.04K
shares

काठमाडौं, २२ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरूलाई देशको मेरुदण्ड रहेको बताएका छन्।

चुनावी अभियानको क्रममा उदयपुर पुग्दा उनले उदयपुर सिमेन्ट उद्योगको अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै उद्योगहरूको महत्व औंल्याएका हुन्। उनका अनुसार, “उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना गर्ने, राष्ट्रिय आय बढाउने र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ।”

बालेन शाहले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

उद्योग क्षेत्रमा लगानी र संरक्षणले स्थानीय रोजगार सृजना मात्र होइन, दीर्घकालीन आर्थिक स्थिरतामा पनि योगदान पुर्‍याउने उनको विचार छ।