Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

2.7K
shares

काठमाडौं, २५ माघ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.२५ अंकले घटेर २,६९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ६५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कालीञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।