Dhulikhel Eco Banner new

शेयर बजारमा १६८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.69K
shares

काठमाडौं, २५ माघ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.२५ अंकले घटेर २,६९८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ११ अर्ब ६५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालीञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ८.२९ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ५.६४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनआइबिएल समृद्धि फण्ड–२का लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका छन् ।