Dhulikhel Eco Banner new

कालिका लघुवित्त पोखरामा अर्धवार्षिक समीक्षा र धितो मूल्यांकन तालिम सम्पन्न

2.8K
shares

काठमाडौं, २७ माघ । कालिका लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय, पोखराले माघ २३, २४ र २५ गते संस्थाको अर्धवार्षिक समीक्षा तथा धितो मूल्यांकन तालिम पोखरा, कास्कीमा सम्पन्न गरेको छ । संस्थाका ६ वटा अनुगमन मुकाम अन्र्तगतका ५८ वटा शाखा कार्यालयका प्रमुखहरु कार्यक्रममा उपस्थित भएका थिए ।

उदघाट्न कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गरेका थिए भने आन्तरिक लेखापरीक्षण विभाग प्रमुख हर्ष वहादुर स्याङ्गतानले कार्यक्रमको स्वागत तथा जनशक्ति व्यवस्थापन तथा सामान्य सेवा विभाग प्रमुखले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण योजना तथा अनुगमन विभाग प्रमुख कृष्ण प्रसाद शर्माले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्थाका अध्यक्ष चन्द्र वहादुर क्षेत्रीले दिप प्रजवलन गरी कार्यक्रमको उदघाट्न गरेका थिए । त्यसै गरी संस्थाका सञ्चालक युक्त वहादुर सुवेदीले अतिथिको रुपमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा धितो मूल्यांकन तालिमको सहजिकरण ईन्जिनियर सन्तोष ओझाले गरेका थिए । आगामी दिनमा पृथक ढंगले लघुवित्त कार्यक्रम अगाडि वढाउने तथा संस्थाले लिएको आ.व. २०८२/८३ को लक्ष्यलाई हासील गर्ने संकल्पका साथ गोष्ठी कार्यक्रमको समापन भएको थियो ।