उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ माघ २६ सोमवार १५:२४
shares

काठमाडौं, २७ माघ । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २६.०५ अंकले घटेर २,६७२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ७७ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन रिदी पावरका लगानीकर्ताले ९.११ प्रतिशतका दरले कमाएका छन् भने लिर्बटी इनर्जीका लगानीकर्ताले ७.८४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी नेशनल हाइड्रोपावरका लगानीकर्ताले ५.९० प्रतिशतका दरले कमाएका छन् भने त्रिशुली जलविद्युतका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले कमाएका छन् ।

















