महुली लघुवित्तको खुद नाफामा उछाल, हेर्नुस् वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ माघ २७ मंगलवार १२:५८
shares

काठमाडौं, २७ माघ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिकसम्म ७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको सोहि अवधीको तुलनामा ६८१.५६ प्रतिशत बढि हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १६ करोड ४८ लाख रुपैयाँबाट ३७.८८ प्रतिशतले बढेर २२ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १२ करोड ६९ लाख रुपैयाँबाट ७४.४७ प्रतिशतले बढेर २२ करोड १४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ करोड २८ लाख रुपैयाँबाट ६८१.५४ प्रतिशतको उछाल सहित १० करोड रुपैयाँ नाघेको छ। कम्पनीको आम्दानीमा वृद्धि भएको र इम्पेयरमेन्ट चार्ज ५३.५७ प्रतिशतले घटेका कारण नाफा बढ्न मद्दत पुगेको हो।
आम्दानी र नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि ५.५६ रुपैयाँबाट बढेर ३६.१४ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.८९ प्रतिशतबाट बढेर ८.८० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १९६.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.६९ गुणा र तरलता अनुपात १७.१२ प्रतिशत रहेको छ।
चुक्ता पूँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड १३ लाख रुपैयाँ र रिजर्भ कोषमा ३० करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले १ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिसम्म कम्पनीको सम्पत्तिको कुल मूल्य ६ अर्ब २१ करोड ७७ लाख रुपैयाँ रहेको छ।















