प्रतितोला १ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ माघ २९ बिहीवार ११:१४
2.8K
shares
shares

काठमाडौ, २९ माघ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख ६ हजार ६ सयमा कारोबार भएको छापावाल सुन बिहीवार घटेर प्रतितोला ३ लाख ६ हजार ५ सयमा कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर बिहीवार ५ हजार ३ सय ४० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।









