Dhulikhel Eco Banner new

फागुनमा ९ वटा वाणिज्य बैंकले ब्याजदर घटाए, हेर्नुस् कुन बैंकको कति ?

3.11K
shares

काठमाडौं, २९ माघ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर माघको ४.६८ प्रतिशतबाट फागुनमा ४.५६ प्रतिशत विन्दुमा झरेको छ। संस्थागत मुद्दति निक्षेपको दर पनि ०.०५ प्रतिशत विन्दुले घटेको छ।

फागुन महिनामा ९ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। तीमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा ठूलो कटौती गर्दै ५.५ प्रतिशतबाट ४.७५ प्रतिशतमा झारेको छ।

यद्यपि, ११ वटा बैंकले माघ महिनाको दर नै फागुनमा पनि कायम राखेका छन्।

हेर्नुस् कुन बैंकको कति:

बैंक माघको ब्याजदर (प्रतिशतमा) फागुनको ब्याजदर(प्रतिशतमा
नेपाल बैंक ५.१ ५.१
राष्ट्रिय वाणिज्य बैंक
एनएमबि
एनआईसी एसिया
हिमालयन
ग्लोबल आइएमई ५.५ ४.७५
प्रभु ४.५५ ४.५५
नबिल ४.५५ ४.५५
सिटिजन्स् ४.५ ४.५
सानिमा ४.५५ ४.५
लक्ष्मी सनराइज ४.५ ४.५
माछापुच्छ्रे ४.५ ४.५
नेपाल इन्भेष्टमेन्ट मेगा ४.५
कुमारी ४.४३ ४.४३
प्राइम कमर्सियल ४.४ ४.२५
सिद्धार्थ ४.५५ ४.२५
स्ट्यान्डर्ड चार्टर्ड ४.३६ ४.२५
एभरेष्ट बैंक ४.४ ४.२५
नेपाल एसबिआई ४.४ ४.२५
कृषि विकास ४.४ ४.२५