एनआईसी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मकोयोजना सार्वजनिक
वि.सं.२०८२ फागुन १ शुक्रवार ११:४४
shares

काठमाडौं, १ फागुन । एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १० करोड रुपैयाँसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले ग्राहकहरूको आवास आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक गरेको उक्त योजना अन्तर्गत ७ वर्षका लागि ६।९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुनेछ ।
यस योजनाअन्तर्गत न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा पाइनेछ । घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण, साथै घडेरी खरिदका लागि समेत सहज प्रक्रियामार्फत कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ ।
बैंकका अनुसार पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा–धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशतसम्म रहनेछ भने अन्य ग्राहकका हकमा अधिकतम ७० प्रतिशतसम्म कायम गरिएको छ ।
घर खरिद तथा निर्माण गर्ने ग्राहकको सपना साकार पार्न टेवा पुर्याउने लक्ष्यसहित ल्याइएको यस योजना अन्तर्गत कर्जा लिने ग्राहकले लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा पनि प्राप्त गर्नेछन् ।
बैंकले उक्त योजना ग्राहक–मैत्री सुविधा र आकर्षक ब्याजदरका कारण आवास क्षेत्रका सेवाग्राहीका लागि उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

















