Dhulikhel Eco Banner new

ह्युन्डाई नेपालको फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान सुरु

2.95K
shares

काठमाडौं, १ फागुन । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। ले फिफा विश्वकप २०२६ सँगको विश्वव्यापी साझेदारीको अवसरमा “ह्युन्डाई–फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ।

कम्पनीका अनुसार उक्त अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ। यस अवधिमा नेपालभर रहेका ह्युन्डाईका शोरुममध्ये कुनै एकमा गई ह्युन्डाई गाडीको परीक्षण ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६ प्रत्यक्ष रूपमा हेर्ने अवसर जित्ने मौका पाउनेछन्।

भाग्यशाली विजेताले विश्वकप आयोजना हुने तीन देश — संयुक्त राज्य अमेरिका, क्यानडा वा मेक्सिको — मध्ये कुनै एकमा खेल अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। विजेताले यो अवसर आफ्ना एक जना सहयात्रीसँग साझा गर्न सक्ने कम्पनीले जनाएको छ।

अभियानमार्फत ग्राहकहरूले परीक्षण ड्राइभका क्रममा ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि तथा उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्। साथै, अभियान अवधिमा गाडी आरक्षण गर्ने ग्राहकहरूका लागि विशेष लाभको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा ह्युन्डाईले विश्वस्तरमा उत्साह, प्रदर्शन र प्रगतिलाई जोड्दै ग्राहकहरूसँग सम्बन्ध अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्दै कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको शोरुममा गई अभियानमा सहभागी हुन आग्रह गरेको छ।