Dhulikhel Eco Banner new

पाल्पा सिमेन्टको आईपीओमा पहिलो दिनमै करिब तीन गुणाभन्दा बढी आवेदन

2.96K
shares

काठमाडौं, १३ फागुन । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा पहिलो दिनमै माग करिब तीन गुणा बढी परेको छ।

कम्पनीले सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर निष्कासन गरेको थियो। सिडिएस एण्ड क्लियरिङका अनुसारका अनुसार पहिलो दिनसम्म ११ लाख ४८ हजार ९८४ जना आवेदकबाट कुल १ करोड ३० लाख ९० हजार ५६० कित्ता सेयरका लागि आवेदन परेको छ।

यस आधारमा आईपीओ लगभग तीन गुणा ओभरसब्स्क्राइब भएको देखिएको छ। आवेदन रकम करिब १ अर्ब ३० करोड ९० लाख ५६ हजार रुपैयाँ बराबर छ।

कम्पनीको आईपीओ फागुन १२ गतेदेखि खुला भएको हो भने फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।