Dhulikhel Eco Banner new

रिज इनर्जीको आईपीओ बाँडफाँड

3.03K
shares

काठमाडौं, १४ फागुन । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँट गरेको जनाएको छ ।

कम्पनीका अनुसार आईपीओमा आवेदन दिएका मध्ये १ लाख १८ हजार २६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले कुल ११ लाख ८० हजार २६० कित्ता शेयर प्राप्त गरेका छन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ निष्काशन तथा बाँडफाँट गरिसकेको थियो । कम्पनीलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले गत मंसिर २२ गते अनुमति दिएको थियो ।

रिज लाइन इनर्जीले गोरखा र लमजुङ जिल्लामा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । साथै कम्पनीले ११ मेगावाट क्षमताको दुधपोखरी चेपे जलविद्युत आयोजनामा समेत लगानी गरेको जनाएको छ ।

कम्पनीको सेयर संरचनामा सोपान मल्टिपल कम्पनी लिमिटेडको १० लाख कित्ता तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको २ लाख कित्ता शेयर लगानी रहेको छ ।