Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.45K
shares

काठमाडौं, १४ फागुन । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार प्रतितोला ६ सयले बढेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भएको छापावाल सुन बिहीवार बढेर प्रतितोला ३ लाख १५ हजार ४ सयमा कायम भएको छ ।

त्यसैगरी, बिहीवार चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर बुधवार ५ हजार ७ सय २५ रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।