Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.09K
shares

काठमाडौं, २७ फागुन । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४६.७८अंकले घटेर २,७९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन १३ अर्ब १८ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स स्पिनिङका लगानीकर्ताले ९.३३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रिदी पावरका लगानीकर्ताले ५.७२ प्रतिशतका दरले कमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका छन् ।