Dhulikhel Eco Banner new

एनआईसी एशिया क्यापिटलमा इन्टर्न कर्मचारी माग, हेर्नुस कति चाहिन्छ योग्यता ?

2.22K
shares

काठमाडौं, ९ चैत । एनआईसी एशिया क्यापिटल लिमिटेडले विभिन्न विभागका लागि इन्टर्न पदमा कर्मचारी माघ गरेको छ।

कम्पनीले लेखा, पोर्टफोलियो व्यवस्थापन सेवा तथा निक्षेप सहभागीसम्बन्धी विभागका लागि इन्टर्न कर्मचारी आवश्यक रहेको जनाएको हो। उक्त पदका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेका वा एसीसीए अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित कम्पनीको इमेलमार्फत आवेदन पेश गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति चैत १९ गते तोकिएको कम्पनीले जनाएको छ।