साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
वि.सं.२०८२ चैत ११ बुधवार १०:१३
shares

काठमाडौं, ११ चैत । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले करार सेवामा कर्मचारी माग गरेको छ। संस्थाले व्यवस्थापन प्रशिक्षार्थी (तह–४) पदका लागि चार जना कर्मचारी आवश्यक रहेको जनाएको छ।
उक्त पदका लागि आवेदन दिन चाहने उम्मेदवारले वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन वा अर्थशास्त्र विषयमा प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले आवश्यक कागजातसहित चैत २५ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन फाराम अनलाइनमार्फत मात्र भर्न सकिनेछ। उम्मेदवारले https://recruit.skbbl.com.np मा गई आफ्नो विवरण भरी दर्ता गर्नुपर्नेछ। दर्ता पश्चात प्राप्त प्रयोगकर्ता नाम र गोप्य शब्द प्रयोग गरी लगइन गरेर दरखास्त फाराम भर्नुपर्नेछ।
फाराम भर्दा उम्मेदवारले आफ्नो व्यक्तिगत विवरणसहित हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमूना, नेपाली नागरिकताको प्रमाणपत्र तथा आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र स्क्यान गरी अपलोड गर्नुपर्नेछ।
दरखास्त फाराम पेश गरी परीक्षा शुल्क भुक्तानी गरेपछि फाराम स्वीकृत वा अस्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदवारको मोबाइल वा इमेलमा पठाइनेछ। त्यसैले उम्मेदवारले एसएमएस वा इमेल प्राप्त भएको यकिन गर्नुपर्नेछ।
परीक्षाको प्रवेशपत्र पनि अनलाइनमार्फत उपलब्ध हुने भएकाले आफ्नो प्रयोगकर्ता नाम र गोप्य शब्द सुरक्षित राख्न संस्थाले अनुरोध गरेको छ।

















