शेयर बजारमा २४ अंकको पहिरो, कारोबार रकममा भने वृद्धि
वि.सं.२०८२ चैत ११ बुधवार १५:०६
shares

काठमाडौं, ११ चैत । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २४.४५ अंकले घटेर २,९३५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन १५ अर्ब ९ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी अभियानलघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले गुमाएका छन् ।


















