Dhulikhel Eco Banner new

रिलायन्स फाइनान्सद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

2.52K
shares

काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसरमा रिलायन्स फाइनान्स लिमिटेडले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ। ग्राहकहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमहरूमा विशेषगरी युवापुस्तालाई लक्षित गरिएको थियो।

फाइनान्सले कार्यक्रममार्फत वित्तीय अनुशासन, डिजिटल पेमेन्ट, तथा स्मार्ट मनी व्यवस्थापन जस्ता विषयहरूमा सहभागीहरूलाई जानकारी दिएको जनाएको छ। यसले दैनिक जीवनमा पैसाको सही उपयोग र व्यवस्थापनबारे सचेत बनाउने प्रयास गरेको छ।

कार्यक्रमहरूमा सम्बन्धित शाखाका कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, फाइनान्सले नेपाल राष्ट्र बैंक तथा विभिन्न स्थानमा बैंकर्स क्लबहरूले आयोजना गरेका सचेतनामूलक ¥यालीहरूमा पनि सक्रिय सहभागिता जनाएको जनाएको छ।

फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य का अनुसार यस्ता कार्यक्रमहरूले वित्तीय ज्ञान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

देशभर २१ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको रिलायन्स फाइनान्सले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्ने प्रयास जारी राखेको जनाएको छ।