Dhulikhel Eco Banner new

१०० दिनभित्र पासपोर्ट, नागरिकता र लाइसेन्स घरमै उपलब्ध हुने

3.24K
shares

काठमाडौं, १५ चैत । बालेन शाह नेतृत्वको सरकारले सरकारी सेवाहरू नागरिकको ढोकासम्म पुर्‍याउने योजनासहित आफ्नो शासकीय सुधारको कार्यसूची सार्वजनिक गरेको छ।

शनिबार साँझ सार्वजनिक गरिएको कार्यसूची अनुसार, पासपोर्ट, नागरिकता, लाइसेन्स लगायतका महत्वपूर्ण सेवाहरू घरमै उपलब्ध गराउने व्यवस्था १०० दिनभित्र लागू गरिनेछ।

सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी “Government Courier Service” का रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ। यस प्रणाली मार्फत नागरिकहरूले सरकारी कागजातहरू छिटो, सहज, र बिचौलिया–मुक्त तरिकाले प्राप्त गर्न सक्नेछन्।

कार्यसूचीमा उल्लेख छ कि सम्पूर्ण सेवा प्रक्रिया मुहारविहीन (faceless, time– bound) , समय–बद्ध  र डिजिटल प्रणालीमा रूपान्तरण गरिनेछ। यसले सेवाको पारदर्शिता, दक्षता र पूर्वानुमानयोग्य समय सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

सरकारको यो पहलले नागरिकलाई सहज सेवा प्रदान गर्ने मात्र नभई, प्रशासनमा पारदर्शिता र दक्षता पनि बढाउने अपेक्षा गरिएको छ।