Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

4.26K
shares

काठमाडौं, १७ चैत । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार उक्त आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख २९ हजार कित्ता शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल ८२ हजार ९५१ जनाको आवेदन परेको थियो।

बाँडफाँट परिणामअनुसार ४२ हजार ९०० जना आवेदकले १०र१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक हात खाली भएका छन्।

कम्पनीको वित्तीय अवस्था मध्यम जोखिमयुक्त देखिएको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘बी’ रेटिङ प्रदान गरेको छ, जसले लगानीमा औसतभन्दा बढी जोखिम रहेको संकेत गर्छ।

सोपान फर्मास्युटिकल्सको साधारण लगानी फिर्ता हुने अवधि ८।११ वर्ष रहेको छ। गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२।८५ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ०।७० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।