Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तमा नेतृत्व फेरबदल, प्रमेश आचार्यलाई कार्यवाहक सीईओको जिम्मेवारी

आचार्यले २०८२ चैत १९ गतेदेखि लागू हुने गरी संस्थाको कार्यकारी नेतृत्व सम्हाल्ने

4.43K
shares

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा शीर्ष नेतृत्वमा परिवर्तन भएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको कार्यकाल समाप्त हुन लागेसँगै सञ्चालक समितिले नयाँ व्यवस्थापनको जिम्मेवारी तोकेको हो।

कम्पनीका अनुसार पंगेनीको कार्यकाल २०८२ चैत १८ गते सकिने भएपछि त्यसको अघिल्लो दिन बसेको सञ्चालक समितिको २४४औं बैठकले अन्तरिम व्यवस्था गर्ने निर्णय गरेको हो। बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत प्रमेश आचार्यलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।

उक्त निर्णयअनुसार आचार्यले २०८२ चैत १९ गतेदेखि लागू हुने गरी संस्थाको कार्यकारी नेतृत्व सम्हाल्नेछन्। नयाँ स्थायी व्यवस्था नहुन्जेलसम्म उनी नै संस्थाको नेतृत्वमा रहनेछन्।

यस विषयमा संस्थाले नेपाल स्टक एक्सचेन्जलाई औपचारिक जानकारी गराइसकेको छ। साथै नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत सूचित गरिएको संस्थाले जनाएको छ।