Dhulikhel Eco Banner new

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर बिक्री सुरु

पूँजी दोब्बर बनाउने योजना

3.09K
shares

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले आफ्ना हालका शेयरधनीलाई लक्षित गर्दै हकप्रद शेयर निष्काशन प्रक्रिया सुरु गरेको छ। कम्पनीले चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्दै ४० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो। यससँगै कम्पनीको चुक्ता पूँजी हालको ४० करोड रुपैयाँबाट बढेर ८० करोड रुपैयाँ पुग्ने लक्ष्य राखिएको छ।

हकप्रदमा सहभागी हुन योग्य शेयरधनी निर्धारणका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको थियो। सो मितिसम्म कायम रहेका लगानीकर्ताले मात्र यस निष्काशनमा आवेदन दिन पाउनेछन्।

हकप्रद शेयरको निष्काशन तथा बिक्री व्यवस्थापन NIC Asia Capital Limited ले गरिरहेको छ। कम्पनीले यसमार्फत आफ्नो वित्तीय आधार मजबुत बनाउँदै ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ।