Dhulikhel Eco Banner new

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने विशेष तालिम प्रदान

4.45K
shares

काठमाडौं, २५ चैत । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयमा कार्यरत अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ।

मासिक योजना “मन्थन २०८२” अन्तर्गत बीमाशुल्क संकलन गरेर चयन भएका सुदुर पश्चिम, कर्णाली प्रदेशका सबै शाखा र लुम्बिनी प्रदेशका केही शाखाका कुल १६० जना अभिकर्तालाई महेन्द्रनगर, शुक्लाफाँटास्थित होटल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रमा चर्चित एमडिआरटी लक्ष्य हासिल गर्ने उपायसम्बन्धी उदाहरणसहित तालिम दिएका थिए।

कम्पनीका सहायक महाप्रवन्धक विवेक शर्माले कार्यक्रम पानस प्रज्वलन गरेर उद्घाटन गरे। सुदुर पश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले अभिकर्ता सहभागीलाई स्वागत गरे भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई पेशागत उत्कृष्टता हासिल गर्न कम्पनीले निरन्तर प्रशिक्षण योजना सञ्चालन गर्दै आएको जानकारी दिएका थिए।

कार्यक्रममा विभिन्न शाखामा उत्कृष्ट कार्य गरेको आधारमा प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई सहायक महाप्रवन्धक शर्माले मायाको चिनो प्रदान गरे। सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउने अवसरका लागि कम्पनीप्रति आभार व्यक्त गरेका थिए। सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको अनुभव व्यक्त गरेका थिए।