Dhulikhel Eco Banner new

शेयर बजारमा ८ अर्ब ९९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.34K
shares

काठमाडौं, २७ चैत । शेयर बजारमा ८ अर्ब ९९ करोडको कारोबार हुँदा नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ भने रिदी पावरको ३८ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी सोलु हाइड्रोपावरको ३६ करोड ८२ लाख रुपैयाँ कारोबार भएको छ भने आखुखोला जलविद्युतको ३१ करोड ६४ लाख रुपैयाँ कारोबार भएको छ ।