Dhulikhel Eco Banner new

पशुपतिनाथ मन्दिर क्षेत्रमा सडक तथा पेटीमा आश्रित व्यक्तिहरूको उद्दार गरिने

1.34K
shares

काठमाडौं, २ वैशाख । बुधवार बेलुकी ८ बजे पशुपतिनाथ मन्दिर क्षेत्रमा सडक तथा पेटीमा आश्रित व्यक्तिहरूको उद्दार गरिने भएको छ। काठमाडौं महानगरपालिकाका अनुसार उक्त कार्यक्रममा नगर प्रमुखको समेत उपस्थिति रहनेछ।

उद्दार गरिएका व्यक्तिहरूलाई मानवसेवा आश्रममा लगेर उचित संरक्षण, आवास तथा आवश्यक सेवा उपलब्ध गराइने योजना रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार यस अभियानको मुख्य उद्देश्य सडकमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उनीहरूको जीवनस्तर सुधार गर्नु हो। कार्यक्रमका लागि आवश्यक समन्वय र तयारी पूरा भइसकेको पनि जनाइएको छ।