Dhulikhel Eco Banner new

सिवाईसी लघुवित्तमा करोडौ भ्रष्टाचार, सीईओ शर्माविरुद्ध उजुरी

13.95K
shares

काठमाडौं, २६ चैत । सिवाईसी लघुवित्त वित्तीय संस्थामा करोडौको भ्रष्टाचार भएको भन्दै नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । राष्ट्र बैंक श्रोतका अनुसार संस्थामा भ्रष्टाचार भएको भन्दै लिखित रुपमै उजुरी परेको हो ।

सिवाईसीमा उजुरी पर्ने क्रम नयाँ भने भने । यसअघि पनि परेको थियो । तर यसपटक भने कतिपय तथ्यहरु नै उल्लेख गरेर उजुरी प्राप्त भएको केन्द्रीय बैंक श्रोतले पुष्टि गरेको छ ।

संस्थाका केही शेयरधनीहरु उजुरी बोकेर राष्ट्र बैंकको नियमन विभाग पुगेका थिए । नियमन विभागले उजुरी दर्ता गर्न वित्तीय जानकारी इकाईमा राम्रो हुने सुझाव दिएपछि इकाईमा उजुरी दर्ता भएको हो । उजुरी पछि संस्थालाई सम्पर्क गर्ने र सोध्ने काम भइसकेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

उजुरीका सन्दर्भमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् । ‘हुन त यसअघि पनि हामीले केही कारबाही अघि बढाइसकेका छौँ’ उनले भने, ‘नयाँ उजुरीका बारेमा पनि हामीले केही न केही एक्सन लिनेछौँ ।’

संस्थाका प्रमुख कार्यकारी अधिकृत र संस्थाकी अर्की कर्मचारी संगीता शर्माको नाम उजुरीमा किटान गरिएको छ । संस्थाको बद्मासी बाहिर जाने डरले संस्थाका नायव प्रमुख कार्यकारी अधिकृतलाई कार्यअवधि छदै बर्खास्त गरिएको समेत उजुरीमा उल्लेख गरिएको छ ।

भ्रष्टाचार जन्य गतिविधिमा संस्थाको सञ्चालक समितिको पनि मिलेमतो देखिएको उजुरीमा दावी गरिएको छ ।