Dhulikhel Eco Banner new

धितोपत्र बोर्डद्धारा २ वटा म्युचुअल फन्ड निष्कासनको अनुमति

1.37K
shares

काठमाडौं, २ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि स्वीकृति दिएको छ। वैशाख २ गते बोर्डले लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेड द्वारा व्यवस्थापन गरिने छुट्टाछुट्टै क्लोज–एन्ड म्युचुअल फन्डलाई अनुमति प्रदान गरेको हो।

स्वीकृति अनुसार, लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापनमा रहेको ‘एलएस होराइजन १२’ ले १२ करोड इकाई निष्कासन गर्नेछ। त्यस्तै, सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ इक्विटी फण्ड २’ ले १० करोड इकाई सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ।

दुवै म्युचुअल फन्ड क्लोज(एन्ड प्रकृतिका हुन्, जसअन्तर्गत लगानीकर्ताले प्राथमिक निष्कासन ९क्ष्एइ० मार्फत मात्र इकाई खरिद गर्न सक्नेछन्। यी फन्डहरूको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ।

सेबोनको यस निर्णयसँगै पूँजी बजारमा नयाँ लगानी अवसर थपिने अपेक्षा गरिएको छ, जसले लगानीकर्तालाई विविधीकरण र दीर्घकालीन प्रतिफलको सम्भावना प्रदान गर्नेछ।