Dhulikhel Eco Banner new

ऋण असुली गर्न आउनेलाई ‘लखेट्न’ उक्साउने देवीप्रसाद संग्रौला पक्राउ

1.98K
shares

काठमाडौं, १७ वैशाख । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिहरूलाई रकम माग्न आउने कर्मचारीमाथि दुर्व्यवहार गर्न उक्साउने अभिव्यक्ति दिने देवीप्रसाद संग्रौला पक्राउ परेका छन्।

संग्रौला झापा अर्जुनधारा घर भई हाल भक्तपुर ठिमी बस्दै आएका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार संग्रौलाले सामाजिक सञ्जाल तथा ‘निगरानी अनलाइन टिभी’मार्फत ऋणीहरूलाई बैंकका कर्मचारी रकम माग्न आएमा लखेट्न, भौतिक आक्रमण गर्न तथा मोसो दल्नेजस्ता अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले सार्वजनिक शान्ति भंग हुने जोखिम देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरीले संग्रौलामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।