दुई वर्ष यताकै न्युन बिन्दुमा नेप्से
वि.सं.२०८३ वैशाख २४ बिहीवार १७:४३
shares

काठमाडौं, २४ वैशाख । शेयर बजार २ यताकै न्युन बिन्दुमा पुुगेको छ । शेयर बजारमा दुई वर्षयताकै न्यून कारोबार भएको छ। पछिल्लो शेयर बजारमा कारोबार दैनिक जसो घटिरहेको छ। आज बजारमा २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ। जुन ६७५ दिन लगभग दुई वर्ष यताकै न्यून हो।
बजारमा आज विभिन्न कम्पनीका ६६ लाख ८४ हजार कित्ता शेयर किनेबच भएको छ। नेप्से परिसूचक आज ६.९४ अंकले बढेर २७१८.१६ बिन्दुमा उक्लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार सम्पत्ति शुद्धीकरण निवारणका लागि एक्सनमा जाँदा शेयर लगानीकर्तामा त्रास सिर्जना भएको छ।















