Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

1.79K
shares

काठमाडौं, २७ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री राखेको छ। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र न्यूनतम मूल्य भने सार्वजनिक गरेको छैन।

यसअघि संस्थापक शेयरधनीहरूलाई मात्रै खरिदको अवसर दिने गरी बैंकले ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।

अब उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संघ–संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार आवेदन कमलादी स्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ। ।