Dhulikhel Eco Banner new

सार्वजनिक संस्थानमा खर्च कटौती गर्ने

1.04K
shares

काठमाडौं, २८ वैशाख । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौती गर्ने नीति अघि सारेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक संस्थानको सञ्चालन खर्च घटाउने र आवश्यकताअनुसार संस्थान गाभ्ने व्यवस्था गरिने बताएका छन्।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै उनले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र परिणाममुखी बनाउन खर्च व्यवस्थापनमा सुधार गरिने उल्लेख गरे।

सरकारले संस्थानहरूको संरचनागत सुधारमार्फत वित्तीय दायित्व घटाउने तथा सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।