Dhulikhel Eco Banner new

प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्तमाथि छलफल सुरु हुँदै

4.49K
shares

संघीय संसद् प्रतिनिधि सभा को बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने भएको छ । सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुअघि संसद्मा बजेटको आधारभूत दिशा र प्राथमिकताबारे बहस गर्न लागेको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कर प्रस्तावबाहेक बजेटका नीति तथा प्राथमिकतामाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ । यही छलफलपछि सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गर्नेछ ।

बैठकमा गणेश पराजुली ले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले यसपटकको बजेटलाई आर्थिक सुधार, लगानी विस्तार र रोजगारी सिर्जनासँग जोडेर ल्याउने संकेत गरिरहेकाले संसद्मा हुने छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।