Dhulikhel Eco Banner new

विदेशी मुद्राको भाउ बढ्यो, डलर स्थिर

624
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर स्थिर रहे पनि युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । युरोको खरिददर १७७ रुपैयाँ ३१ पैसा, पाउन्ड स्ट्रलिङको २०५ रुपैयाँ २३ पैसा तथा अस्ट्रेलियन डलरको १०८ रुपैयाँ ९१ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुवेती दिनार भने स्थिर रहेको छ । राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ ।