अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो, राष्ट्र बैंकद्वारा नयाँ विनिमय दर सार्वजनिक
वि.सं.२०८३ जेठ १२ मंगलवार ०६:१२
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य पुनः उच्च विन्दुमा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी मुद्राको मजबुतीसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको विश्लेषण गरिएको छ।
यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक विवरण केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ।















