Dhulikhel Eco Banner new

हिमालयन बैंक र यूनियन पे विचको सहकार्यमा आर एम वि कार्ड सेवा शुभारम्भ

689
shares

काठमाडौं, १५ जेठ । हिमालयन बैंक लिमिटेडले र यूनियन पे आर एम वि कार्ड संचालनमा ल्याएको छ । बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटिएम, पिओएस, किउआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोवारको चिनियाँ मुद्रा सिएनवाइमा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ ।

व्यक्तिगत तथा संस्थागत भ्रमण गर्नुहुने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र« बैंक विदेशी विनिमय विभाग द्वारा स्वीकृत सीमा सम्मको रकम यूनियन पे आर एम वि कार्डमा लोड गरी यूनियन पे को सञ्जालसंग आवद्ध ड्ड अलिपे प्लस” “वीच्याट पे” “निहाओ चाइना जस्ता किउआर एवं अन्य माध्यम मार्फत समेत सिएनवाइमा नै भुक्तानी गर्न सक्नुहुने छ ।

नक्साल, काठमाडौं स्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्शेर राणा तथा “युनियनपे इन्टरनेशनलका तर्फबाट उपाध्यक्ष सुश्री ज्वाङ बेइले नेपालमा प्रथम पटक उक्त कार्ड सेवाको शुभारम्भ गरिन ।