GBIME

भुवन दाहालले प्रकाशन गरे पुस्तक, अन्य बैंकरसँगको मनमुटावको रहश्य पनि उल्लेख

9.2K
shares

काठमाडौं, २१ असार । पूर्व बैंकर भुवन दाहालले आफ्नो जीवन भोगाई समेटिएको पुस्तक लेखेका छन् । पुस्तक लेखेर प्रकाशनका लागि छापाखानामा पुगेको दाहालले जानकारी दिए ।

३ दशक भन्दा लामो समय बैंकिङ क्षेत्रमा विताएका उनी देशकै कान्छो वाणिज्य बैंक सानिमा बैंकको २ कार्यकाल कार्यकारी प्रमुख भएर रिटायर्ड भएका थिए ।

बैंकिङ क्षेत्रबाट अवकास भएको करिब ६ महिना पछि दाहालले अर्ली टू वर्क एण्ड अर्ली टू रिटायर  ‘रिटायरमेन्ट एट ५०’ नाम दिइएको पुस्तक प्रकाशन गरेका हुन् । आगामी साउन १ गते बजारमा पठाउने तयारी छ ।

पुस्तकमा उनले बैंकिङ करिअरमा भोगेका विभिन्न विषयहरुलाई समेटेका छन् । कामका क्रममा अन्य बैंकरहरुसँग भएका मनमुटावलाई समेत पुस्तकमा स्थान दिएको उनले बताए ।

नविल बैंकमा कार्यरत छदा बैंकर अनुमपमा खुञ्जेली, रविना देशराज श्रेष्ठ लगायतसँग कसरी मनमुटाव भयो र गल्ती कमजोरी कसको थियो भन्ने कुरा पनि दाहालको पुस्तकमा समेटिएको छ । जीवन भोगाईका क्रममा घटेका रमाईला र स्मरणीय विषयहरु धेरै पुस्तकमा समेटिएका छन् ।

को हुन् दाहाल ?

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको साझा संस्था नेपाल बैंकर्स संघ (एनबीए) का पूर्व अध्यक्ष समेत रहेका भुवन दाहाल ०२८ सालमा सिन्धुलीको भिमान भन्ने गाउँमा जन्मिएका हुन् । मध्यमवर्गीय परिवारका उनले बालापनका केही वर्ष सिन्धुलीमै बिताए ।

उनको औपचारिक शिक्षा पनि सिन्धुलीमै शुरु भयो । दाहालले कक्षा एक सिनधुलीमै पढे । ०३५ सालमा रौतहट जिल्लाको चन्द्रनिगाहापुर बसाइँ सरेपछि एक कक्षापछिको अध्ययन दाहालले रौतहटमै गरे ।

रौतहटमा २ कक्षामा भर्ना भएका उनले एसएसलीसम्मको अध्ययन सोही ठाउँमै गरे । तर, उच्च शिक्षाका लागि भने उनले रौतहट छाड्नैपर्ने बाध्यता आयो । घर नजिकै उच्च शिक्षा अध्ययन गर्ने कलेज नभएका कारण उनले काठमाडौं जाने विचार गरे । काठमाडौंबाट उनले प्रविणता प्रमाणपत्र तह (प्लटू) हुँदै स्नातकसम्मको अध्ययन गरे ।

दाहालको चाहाना अंगेजी भाषा पढाउने शिक्षक बन्ने थियो । केही समय काठमाडौंको जोरपाटीमा रहेको कुमारी इंग्लिस स्कूलमा शिक्षण पेशा अवलम्बन गरे । तर, आफूलाई मन परेको पेशामै लामो समय भने उनी टिक्न सकेनन् । ‘पेशामा म सन्तुष्ट थिएँ, तर पनि लामो समय शिक्षण पेशामा रहन सकिनँ’ दाहाल भन्छन् । उनलाई सरकारी जागिरतर्फ ध्यान गयो ।

राष्ट्रिय वाणिज्य बैंक र लोकसेवामा सँगै आवेदन दिएका दाहालको बैंकमा बैकल्पिक उम्मेद्वारको रुपमा नाम निस्कियो भने लोकसेवामा भने उतिर्ण भए । नेपाल सरकारको खरिदार पदमा जागिर खाँदा उनको तलब जम्मा १ हजार २ सय ४० रुपैयाँ थियो ।

तर, नबिल बैंकमा उनले सहायक पदमा जागिरका लागि आवेदन दिए । नविल बैंकले सहायक पदमा त्यसबेलै ३ हजार ३ सय ५० रुपैयाँ तलब दिन्थ्यो । त्यसमा राजधानी बाहिर जानेलाई थप ८ सय रुपैयाँ पनि । बिराटनगर शाखाका लागि नविलले कर्मचारी माग गरेको थियो । विराटनगर जाँदा उनले मासिक ४ हजार १ सय ५० रुपैयाँ तलवमात्रै पाउने भए । खाइरहेको सरकारी जागिर भन्दा ३ गुणा बढी तलव हुने भएपछि उनी त्यतातर्फ लागे ।

नभन्दै उनले ०४८ सालमा नविल बैंकको सहायक पदमा नाम निकाले । त्यहीँबाट शुरु भयो उनको बैंकिङ करियर । उनी स्नातक तह दोस्रो वर्षमा रत्नराज्य क्याम्पसमा अध्ययनरत छँदै नविलको बिराटनगर शाखामा जागिर खान शुरु गरे ।

उनको बैंकिङ करियर डिसेम्बर २६ देखि शुरु भएको थियो । अहिले पनि उनको मुखमै छ । कहिल्यै बिर्सन सक्दैनन् उनी त्यो समय । त्यही डिसेम्बर २६ देखि नै उनको सफलताको यात्रा शुरु भएको थियो । गत डिसेम्बर २६ अर्थात गत बिहीबारदेखि उनको बैंकिङ करियरको २७ वर्ष पूरा भएको छ ।

काम शुरु गरेको ३ वर्षमै उनले अधिकृत हुने मौका पाए । बैंकिङ क्षेत्रमा प्रवेश गरेको ५ वर्षमै अधिकृत हुँदै वरिष्ठ अधिकृतमा बढुवा भए । २७ वर्षको उमेरमा नै उनी सहायक प्रवन्धक भए । त्यसपछि प्रवन्धक, वरिष्ठ प्रवन्धक हुँदै सहायक महाप्रवन्धक (एजीएम) सम्म भए ।

दाहालको बढुवा रफ्तारमै भएको थियो । एजीएमसम्म भइसक्दा नविल बैंकमा उनको कार्यकाल दुई दशक पनि पुगेको थिएन । उनले करिब २२ वर्ष नविल बैंकमा बिताए ।

करिब २२ वर्ष नविल बैंकमा काम गरेका उनलाई त्यहाँको सेवा सुविधा चित्त बुझ्दो थियो । काम गर्ने वातावरण सबै ठीक थियो । तर, पनि उनलाई बैंकको नेतृत्व लिने चाहाना जाग्यो र सानिमामा गए । उनी सानिमा गएको ६ महिना पनि बित्न नपाउँदै बैंकका तत्कालीन सीईओ कुमार लम्सालले पदबाट राजीनामा दिए । लम्सालको राजीनामाले दाहाललाई बैंकको नेतृत्व लिने अवसर प्रदान ग¥यो ।