Dhulikhel Eco Banner new

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

1.53K
shares

काठमाडौं, १० असार । एनएमबि बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको ६९ हजार ४२४ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

बैंकले सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, संस्थाले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालय बबरमहलमा आवेदन दिन सक्नेछन्।