Dhulikhel Eco Banner new

सुनको मुल्य घट्यो , हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.05K
shares

काठमाडौं, १० असार । स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य ३ हजार ६ सयले घटेको छ।

महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ८७ हजार १ सयमा कारोबार भएको सुन बुधवार घटेर प्रतितोला २ लाख ८३ हजार ५ सयमा कायम भएको छ ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य १ सय ५ रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कायम भएको चाँदी बुधवार ४ हजार ४ सय ८५ रुपैयाँमा कायम भएको हो ।